फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाबाट उत्तर कोरियालाई सुरक्षा प्रत्याभूति दिने इच्छा लिएका चीनको स्वागत

(GMT+08:00) 2018-05-18 18:47:32

         अमेरिकाले पहिलो पटक उत्तर कोरियालाई सुरक्षा प्रत्याभूति दिने इच्छा प्रकट गरेकोमा चीनले स्वागत गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले १८ तारिख पैचिङमा उक्त कुरा बताउनुभएको हो।

         चीनले अमेरिका र उत्तर कोरियासँग आपसी विश्वास स्थापना गर्नुका साथै सल्लाह र सुझावद्वारा साझा रुचिको चिन्तन गरी प्रायद्वीप समस्याको राजनैतिक समाधान प्रतिक्रियालाई अगाडि बढाउन निरन्तर रुपमा प्रेरणा गरेको छ।

         अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १७ तारिख "लिबिया ढाँचा" मार्फत आणविक कार्यक्रम त्याग्न नखोजेको व्यक्त गर्नुभएको थियो। साथै यदि उत्तर कोरियाका नेताले आणविक अस्त्ररहित र निशस्त्रिकरण स्वीकार गरेमा अमेरिकाले उत्तर कोरियालाई सुरक्षा प्रत्याभूति दिने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु