फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साझा विकास र समृद्धिका लागि "एक पेटी एक मार्ग"द्वारा नयाँ मौका प्रस्तुत

(GMT+08:00) 2018-05-18 18:48:00
           सोह्र तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले पेरिसमा फ्रान्सका विदेश मन्त्री जीन-इवेस लसँग भेट-वार्ता गर्नुभएको छ।

           भेट-वार्तापछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री वाङले "एक पेटी एक मार्ग" सम्बन्धी प्रस्ताव चीनद्वारा प्रस्तुत गरिए तापनि यसबाट प्राप्त हुने मौका र सफलता विश्वको हुने बताउनुभयो। उहाँले "एक पेटी एक मार्ग" प्रस्ताव प्रस्तुत गरिएदेखि हाल पाँच वर्षसम्ममा चीन र सम्बन्धित् मुलुक बीचको व्यापार रकम चालीस खर्ब अमेरिकी डलर पुगेको, चीन र त्रिचालीस वटा मुलुकबीच सिधा हवाइ उडानहरू शुरू भएको, तथा पचहत्तर वटा वैदेशिक आर्थिक-व्यापार सहयोग क्षेत्र स्थापना गरेको पनि बताउनुभयो। उहाँले साझा विकास र समृद्धि साकार तुल्याउनका लागि "एक पेटी एक मार्ग"ले नयाँ मौका प्रस्तुत गरेको औंल्याउनुभयो।

            उहाँले केहि युरोपेली मुलुकहरुमा "एक पेटी एक मार्ग"बारे अझै शङ्का रहेको बताउँदै यसको सार भनेको साझा छलफल, साझा निर्माण, शेयर, खुला, पारदर्शी र समावेश रहेको दोहोर्याउनु भयो। उहाँले चीन र फ्रान्सले सम्मान र परामर्शको आधारमा "एक पेटी एक मार्ग"को निर्माण गर्न सक्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु