फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यालेष्टाइन र इजरेल बीचको परिस्थितिसम्बन्धमा चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा चर्चा

(GMT+08:00) 2018-05-18 18:48:35

        सत्र तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले म्याड्रिडमा स्पेनका विदेश मन्त्री अलफोन्सो दासतिससँग भेट-वार्ता गर्नुभएको छ।

         वार्तापछि आयोजित पत्रकार सम्मेलनमा उहाँले प्यालेष्टाइन र इजरेल बीचको परिस्थिति सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ। उहाँले शान्ति र मानव जीवन विश्वका सबैभन्दा मूल्य दुई वटा वस्तु भएको बताउनुभयो। उहाँले चौध तारिखको घटनामा ६२ जनाको मृत्यु भएको र दुई हजार भन्दा बढी मानिस घाइते भएको भन्दै समवेदना व्यक्त गर्नुभयो। साथै यस कारवाहिको कडा निन्दा गर्दै सम्बन्धित् पक्षलाई शान्ति र संयमता अपनाउन हालको परिस्थितिमा सुधार ल्याउन आह्वान पनि गर्नुभयो।

        परराष्ट्र मन्त्री वाङले प्यालेष्टाइन समस्या मध्य पूर्व क्षेत्रको विभिन्न समस्याको आधार भएको र जेरुसलेमको स्थिति प्यालेष्टाइन समस्याको सबैभन्दा संवेदनशील समस्या भएको पनि बताउनुभयो। उहाँले संयुक्त राष्ट्र संघको स्थायी मुलुक चीनले मध्य पूर्व शान्ति प्रक्रियालाई सदा समर्थन गर्दैआएको तथा प्यालेष्टाइन जनताहरुको जातीय वैध अधिकार पुनःस्थापित गर्ने पक्षमा चीनको समर्थन रहनेमा पनि जोड दिनुभयो।

जानकारी तथा लेखहरु