फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नेपालले परिस्थिति अनुरूप रोजेको उपयुक्त मार्गलाई समर्थन गर्ने

(GMT+08:00) 2018-05-18 18:49:01

        चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज १८ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनले नेपालका दुई वटा पार्टी एक आपसमा विलय भएकोमा स्वागत व्यक्त गर्नुका साथै नेपालले राष्ट्रिय विकास लक्ष्यलाई छिटो भन्दा छिटो रुपमा साकार तुल्याउने आशा पनि व्यक्त गर्नुभयो।

         सत्र तारिख नेपालका नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक आपसमा विलय भएर नयाँ पार्टी बनेको छ। प्रवक्ता लुले नेपालका दुई पार्टी विलयलाई स्वागत गर्नुका साथै चीनले नेपालसँग आपसी सहयोगलाई सबल पार्ने आशा व्यक्त गर्नुभयो। साथै नेपालको मित्रवत् छिमेकी मुलुक चीनले नेपालले आफ्नो परिस्थिति अनुरूप रोजेको उपयुक्त मार्गलाई समर्थन गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु