फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियामा चीन र भियतनाम पछि नेकपा तेस्रो ठुलो पार्टीमा दर्ज

(GMT+08:00) 2018-05-18 19:01:03

          नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एक आपसमा विलय भएर बनेको नयाँ पार्टी एशियामा तेस्रो ठुलो पार्टी बनेको छ।

          कम्युनिष्ट पार्टी स्थापना भएको ६९ वर्ष २५ दिनपछि सबैभन्दा ठुलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी एसियामा तेस्रो ठुलो दल बनेको बताइएको छ। दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो एशियामा चीन र भियतनामपछि 'नेकपा'तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको नेपाल समाचारपत्रले लेखेको छ।

           २००६ साल साउन ७ गते स्थापना भएको नेकपा २०१९ बाट विभाजन शुरु भएको थियो। विभाजनको श्रृंखला २०७५ जेठ ३ गते आएर अन्त्य भएको छ।

          यसै बीच नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएको राससले जनाएको छ।

        बिहीबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिस्ट दलको एकीकरणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको दाबी गर्नुभएको छ। पार्टी एकतासँगै मुलुक आर्थिक समृद्धिको बाटोमा प्रवेश गरेको समेत उहाँले बताउनुभयो। पार्टी एकतासँगै अब स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारमा एउटै दलको बहुमत पुगेको र ६ वटा प्रदेशमा अब एउटै दलको छ वटा सरकार बनेको बताउनुभयो।

जानकारी तथा लेखहरु