फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जा र सडक निर्माणमा सहकार्य गर्न चीन इच्छुक

(GMT+08:00) 2018-05-18 19:01:03

        ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सछ्वान प्रान्तका उपगर्भनर फङ युसिङबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षिय हितका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ।

        भेटमा ऊर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेको भन्दै त्यसका लागि नेपालमा चिनिया लगानी आवश्यक रहेको उल्लेख गरेको नेपालखबरले लेखेको छ। मन्त्री पुनले चीनसँग नेपालले गत वर्ष बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा हस्ताक्षर गरिसकेको स्मरण गर्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरेका थिए। उनले हाल नेपालको १ हजार मेगावाट विजुली उत्पादन गर्ने क्षमता भए पनि ऊर्जा मन्त्रालयले आगामी ५ वर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए।

         मन्त्री पुनले आगामी दिनमा जलविद्युत् र सौर्य ऊर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको जनाए। भेटमा उपगभर्नर युसिङले चीनमा सछ्वान प्रान्त ऊर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए। ऊर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए। सछ्वानमा व्यापार र अध्ययनका लागि थुप्रै नेपालीहरु रहेको भन्दै सछ्वानमा वाणिज्य दुतावास खोलीदिन समेत आग्रह गरेका थिए।

         यसैबीच ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुन र चिनिया राजदूत यु होङबीच पनि भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो। भेटमा उनले ऊर्जा र जलविद्युतको क्षेत्रमा सहकार्य गर्न चीन सरकार इच्छुक रहेको उल्लेख गरेकी थिइन्। मन्त्री पुनले नयाँ सरकारले चीनबाट लगानी र सहयोगको अपेक्षा राखेको बताए।

जानकारी तथा लेखहरु