फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङ र उहाँकी आमा

(GMT+08:00) 2018-05-18 20:45:17

               चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको कार्यालयमा रहेको पुस्तकदराजमा एउटा फोटो छ। उक्त फोटोमा सी चिनफिङ र उहाँकी आमाले हातमा हात समाएर पार्कमा घुमिरहनुभएको छ।

            युवावस्थामा सी चिनफिङ घर छोडेर जाने बेलामा उहाँकी आमा छी सिनले एउटा झोला बुनेर दिनुभएको थियो। उक्त झोलामा आमाले "आमाको मन" यो उपवाक्य पनि बुन्नुभएको थियो।

               सी चिनफिङद्वारा लेखिएको एक लेखमा यस्तो विषय छः पाँच-छ वर्षको हुँदा आमाले मलाई इतिहासबाट इमानदारपूर्वक देशको सेवा गर्ने बहादुरको कथा सुनाउनु भयो।

               बाल्यकालदेखि नै सी चिनफिङले "इमानदार भएर देशको सेवा गर्ने र योगदान दिने" भन्ने कुराको याद गर्नुभएको छ। यो प्रयास नै उहाँको उद्देश्य पनि बनेको छ।

             सी चिन फिङ नेता भएपछि, उहाँकी आमा छी सिनद्वारा पारिवारिक जमघटमा आफ्नो अरु बच्चाहरुले जस्तो सी चिन फिङले व्यापारलगायतकम गतिविधिहरू गर्न नसक्ने बताउनु भयो।

           सन् २००१ को वसन्त चाड आमा छीले त्यस समयमा फू च्येन प्रान्तीय प्रमुखको पदासिन सी चिन फिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो। त्यस वर्षको वसन्त चाडमा सी चिन फिङले कामको व्यस्तताका कारण पैचिङमा फर्कन तथा बाबुआमासँग भेट्न पाउनुभएन।

          घर सबैभन्दा सानो देश हो, हजारौं घरहरुबाट एउटा देश गठन गरिएको हुन्छ, घर र देश एक आपसमा निर्भर रहेको हुन्छ। सी चिन फिङ र उहाँको घरपरिवारले परिवार तथा पारिवारिक शिक्षामाथि सधैँ नै महत्व र ध्यान दिनुभएको छ र यो विचार सी चिङ फिङको राज्य शासनको अडान र अभ्यासमा पनि मिलेको छ।

जानकारी तथा लेखहरु