फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघमा गाजा परिस्थितिबारे आकस्मिक बैठक

(GMT+08:00) 2018-05-19 15:17:47

हिजो मे १८ तारिख जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदद्वारा गाजा परिस्थिति सम्बन्धमा आकस्मिक बैठक बसेको छ। सो बैठकले कब्जामा परेको प्यालेष्टिनी भूभाग विशेष गरी गाजा क्षेत्रमा गरिएको उलंघन र अपराधबारे विस्तृत रूपमा छानबिन गर्नको लागि छानबिन टोली पठाउने निर्णय गरेको छ।

बैठकमा राष्ट्र संघको मानवअधिकार परिषदका उच्च पदाधिकारी जाइद एल हुसेनले सम्बोधन गर्दै मार्च ३० तारिख गाजा क्षेत्रमा इजरायलको कब्जा विरोधी ठूलो जूलुस प्रदर्शन भएयता १२ जना बाल-बालिका लगायत ८७ जना प्यालेष्टिनीहरूलाई इजरायली सेनाले मारिसकेको छ भने जुलुसमा सहभागी नभएका अन्य २९ जना प्यालेष्टिनीले ज्यान गुमाएका छन्। यसका साथै अन्य १२ हजार प्यालेष्टिनी जुलुसमा घाइते भएका बताइएको छ। बितेको एक हप्तामै गाजा क्षेत्रमा मानवीय संकट चर्कँदै गएको र मे १४ तारिख एकै दिनमा कम्तिमा ६० जना प्यालेष्टिनीहरू इजरायली सेनाद्वारा मारिएको पनि उल्लेख गरिएको छ।

सोही दिन प्यालेष्टाइन इस्लामिक प्रतिरोध आन्दोलन हमासका नेता इस्माइल हानीएहले गाजास्थित एउटा मस्जिदमा मन्तव्य दिँदै गाजा क्षेत्रमा लगाएको नाकाबन्दीलाई इजरायलले पूर्ण रूपमा हटाएमा जुलुस प्रदर्शन बन्द हुने बताउनु भयो। उहाँले जुलुस प्रदर्शनलाई जोर्डन नदीको पश्चिमी किनारासम्म विस्तार गर्न पनि आह्वान गर्नुभएको छ।

सन् २००७ को जुलाइमा हमासले गाजा क्षेत्रको नियन्त्रण गरेपछि इजरायलले गाजा क्षेत्रमा पूर्ण रूपमा नाकाबन्दी लगाउन थालेको हो। गत मार्च ३० देखियता हमासले शुरू गरेको जुलुस प्रदर्शन मे १४ तारिखमा उच्चतम अवस्थामा पुगेको थियो।

जानकारी तथा लेखहरु