फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाजा क्षेत्रमा भैरहेको हिंसात्मक संघर्षपति चीनको ध्यानाकर्षण

(GMT+08:00) 2018-05-19 15:34:36

हालै गाजा क्षेत्रमा भैरहेको हिंसात्मक संघर्षमा ठूलो हताहत भएकोमा चीनको ध्यान आकर्षण भएको छ। सो परिस्थितिलाई अझ चर्को पार्न नदिन प्यालेष्टाइन तथा इजरायल दुवै पक्ष विशेष गरी इजरायलले संयम अपनाउनुपर्ने विचार चीनले व्यक्त गरेको छ। सो कुरा हिजो मे १८ तारिख आयोजित राष्ट्र संघको मानवअधिकार परिषदको गाजा परिस्थिति बैठकमा संयुक्त राष्ट्र संघ जेनेभा कार्यालय तथा स्विजल्याण्डस्थित अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ आवासीय प्रतिनिधि यु च्यानह्वाले भन्नुभएको हो।

चीनले सशस्त्र शक्तिको दुरूपयोगको विरोध गर्दै सम्बद्ध पक्षहरूले सर्वसाधारण लक्षित हिंसात्मक कार्वाहीलाई तुरून्तै बन्द गर्न आह्वान गरेको चिनियाँ प्रतिनिधि युले जनाउनुभएको छ। राष्ट्र संघको सम्बन्धित निर्णय वमोजिम, प्यालेष्टाइन-इजरायल शान्ति वार्ता चाँडै पुनस्थापना गर्दै वार्तामार्फत जेरूसलुम समस्याको समाधान गर्न चीनले समर्थन दिने कुरा पनि उहाँले पुष्ट गर्नुभएको छ।

जानकारी तथा लेखहरु