फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्यामारको उत्तरी क्षेत्रमा भएको सशस्त्र संघर्षबारे चिनियाँ रक्षा मन्त्रालयको धारणा

(GMT+08:00) 2018-05-19 15:36:47

हाल म्यामारको उत्तरी क्षेत्रमा भएको सशस्त्र संघर्षबाट चिनियाँहरुको हताहत तथा जन-धनको क्षति भएको छ। त्यसप्रति चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता उ छ्यानले मे 18 तारिख चिनियाँ सेनाको अडान र सामना कदमबारे जानकारी दिनुभयो।

प्रवक्ता उका अनुसार, हालसम्म म्यामारमा बस्ने तीन जना चिनियाँहरुको मृत्यु भएको छ। साथै तीनवटा रेकट र केही गोली चिनियाँ भूमिमा पुगेका छन्। चिनियाँ सेनाले त्यसमाथि उच्च महत्व दिनुका साथै सिमा क्षेत्रमा गस्ती, नियन्त्रण र सुरक्षालाई सबल पारिसकेको छ। चीनले म्यामारका सम्बन्धित पक्षसँग गम्भीरताका साथ वार्ता गरेको छ।

चीनले संघर्षका पक्षहरुसँग संयमता कायम राखेर तुरुन्तै युद्ध विराम गर्न र प्रभावित कदमद्बारा यस्तो दङ्गा नदोहोर्‍याउन अनुरोध गरेको छ। चिनियाँ सेनाले सबै आवश्यक कदममार्फत सार्वभौमिक्ताको सुरक्षा, सिमानाको स्थिरता र सिमानामा नागरिकको जन-धनको सुरक्षाको प्रत्याभूति दिनेछ।

जानकारी तथा लेखहरु