फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रीको यूरोप भ्रमणबाट तीनवटा महत्वपूर्ण सहमति

(GMT+08:00) 2018-05-19 17:59:32

चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले मे 18 तारिख लिस्बनमा पोर्चुगलका विदेशमन्त्री ओगेस्टो सान्टोस सिल्भासँग भेटवार्ता गर्नुभयो। वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले यूरोपको भ्रमणबाट प्राप्त महत्वपूर्ण सहमतिबारे जानकारी दिनुभयो।

मन्त्री वाङका अनुसार, यसपटक उहाँले फ्रान्स, स्पेन र पोर्चुगलको भ्रमण गर्नुभयो। यो चीनको नयाँ सरकारको गठनपछि चिनियाँ परराष्ट्र मन्त्री पहिलोपटक यूरोपको भ्रमण हो। चालू वर्ष चीन र यूरोपबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको 15औँ वार्षिकोत्सव पनि हो। त्यसैले यो भ्रमणबाट चीनले चीन र यूरोपको सम्बन्धमाथि निरन्तर रुपमा उच्च महत्व दिएर 15औँ वार्षिकोत्सवका अवसरमा यूरोपेली मुलुकसँगको सहयोगलाई सबल पार्ने र सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने इच्छा राखेको छ।

भ्रमणमा मन्त्री वाङ्गले तीन मुलुकका विदेशमन्त्रीसँग धेरै महत्वपूर्ण सहमति प्राप्त गर्नुभएको छ। नयाँ अन्तर्राष्ट्रिय परिस्थिति र पृष्ठभूमिमा चीन र यूरोप दुवैले आपसमा चुनौती नभई अवसर भएको विचार प्राप्त भएको छ। अझ बढी यूरोपेली मुलुकले "बेल्ट एण्ड रोड"प्रस्तावको बुझाइ, स्वागत र समर्थन गरेका छन् र वर्तमान अनिश्चित अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र यूरोप दुवै स्थिर शक्ति भएका छन्। चीन र यूरोपले समन्वयलाई सबल पारी बहुपक्षीयता र अर्थतन्त्रको विश्वव्यापीकरणको सुरक्षा गर्ने सहमति पनि दुवै पक्षले प्राप्त गरेका छन्।

जानकारी तथा लेखहरु