फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्यूबामा भएको विमान दुर्घटनाप्रति चिनियाँ राष्ट्राध्यक्ष सी र प्रधानमन्त्री लीको सात्वना

(GMT+08:00) 2018-05-19 18:02:31

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज मे १९ तारिख क्यूबा नागरिक उड्डयन कम्पनीले मेक्सिकोबाट चार्टर यात्रुवाहक विमान हवानामा दुर्घटना भएकोमा क्यूबा कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव राहुल कास्ट्रोल, राज्य परिषद समितिका अध्यक्ष तथा मन्त्रीमण्डलका अध्यक्ष मिगुएल दियाज क्यानल एवं मेक्सिकोका राष्ट्रपति इनरिक पेना निउटोलाई शोक सन्देश पठाउनुभएको छ।

क्यूबाका नेतालाई पठाइएको शोक सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले क्यूबामा भएको गम्भीर विमान दुर्घटनामा परी ठूलो हताहत भएको थाहा पाएर चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार, जनता तथा व्यक्तिगततर्फबाट दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक सात्वना व्यक्त गर्ने उल्लेख गर्नुभएको छ भने मेक्सिकोका राष्ट्रपति इनरिक पेना निउटोलाई पठाइएको सन्देशमा सीले विमान दुर्घटनामा मरेका मेक्सिकोका कर्मचारीहरूप्रति शोक प्रकट गर्नु भएको हो।

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङले पनि क्यूबा राज्य परिषद समितिका अध्यक्ष तथा मन्त्रीमण्डलका अध्यक्ष मिगुएल दियाज क्यानल शोक सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु