फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा राष्ट्रिय पर्यावरणीय वातावरणको सुरक्षा सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2018-05-19 19:25:44

राष्ट्रिय पर्यावरणीय वातावरणको सुरक्षा सम्मेलन मे 18 तारिखदेखि 19 सम्म पैचिङमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

उहाँका अनुसार, अर्थतन्त्र र समाजको विकास र पर्यवरणीय सभ्यताको निर्माणलाई सचेततापूर्वक मिलाएर पार्टीको नेतृत्व र समाजवादी परिपाटीबाट शक्तिको एकता पाएर ठूलो मामिलाको समाधान गर्नसकिने राजनीति श्रेष्ठताको प्रयोग गर्नुका साथै सुधार तथा खुलापनदेखि चालीस वर्षमा संकलन भएका सुदृढ सामाग्री आधारको प्रयोग गरेर पर्यावरणीय सभ्यताको निर्माणलाई अगाडि बढाउनु र पर्यावरणीय वातावरण समस्याको समाधान गर्नुपर्छ। प्रदूषणको प्रतिरक्षा तथा व्यवस्थापन राम्रोसँग गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तो कार्यले चीनको पर्यावरणीय सभ्यताको निर्माणलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

पर्यावरणीय सभ्यताको निर्माण चीनको दिगो विकाससित सम्बन्धित मूल योजना भएको सीले बताउनुभयो। समग्रबाट चीनको पर्यावरणीय वातावरणको गुणस्तर क्रमशः सुधार भएर स्थिरताका साथ राम्रो दिशातिर विकसित प्रवृत्ति देखा परेता पनि उपलब्धि स्थिर भएको छैन। त्यसैले चौतर्फी रुपमा हरित विकासलाई घच्घच्याउनुपर्ने कुरामा सीले जोड दिनुभयो।

सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवं प्रधानमन्त्री ली ख छ्याङ्गले पनि सम्बोधन गर्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवं केन्द्रिय सचिवालयका सचिव वाङ हु निङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवं केन्द्रीय अनुशासन निरीक्षण आयोगका सचिव चाउ ल ची सम्मेलनमा सहभागी हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु