फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाद्वारा आर्थिक व्यापारिक वार्तापछि संयुक्त विज्ञप्ति प्रकाशित

(GMT+08:00) 2018-05-20 09:32:29

चीन तथा अमेरिकाले मे १९ तारिख आर्थिक व्यापारिक वार्तापछि एक संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन्। सो विज्ञप्तिमा लेखिएको छ: चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सन् २०१८ मे १७ देखि १८ सम्म राष्ट्राध्यक्ष सीका विशेषदूत, उप-प्रधानमन्त्री लिउ हको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डल तथा अमेरिकी अर्थमन्त्री, वाणिज्यमन्त्री लगायत सदस्यबाट गठित अमेरिकी प्रतिनिधिमण्डलबीच व्यापारिक विषयबारेमा रचनात्मक वार्ता भएको छ।

प्रभावकारी कदम मार्फत अमेरिकाको व्यापारिक घाटालाई वस्तुगत रूपमा घटाउने सहमति दुवै पक्षले गरेका छन्। दिन प्रतिदिन बढदै गएको चिनियाँ जनताको उपभोग्य माग तथा उच्चगुणस्तरीय आर्थिक विकासको प्रवर्द्धनलाई पूरा गर्नका लागि चीनले अमेरिकाबाट किन्ने उत्पादितबस्तु र सेवालाई ठूलो परिमाणमा बढाउनेछ। जसबाट अमेरिकी आर्थिक बृद्धि तथा रोजगारीका लागि पनि हितकर हुनेछ। अमेरिकी कृषि उत्पादित बस्तु तथा उर्जाका निर्यातलाई अर्थपूर्ण रूपमा बढाउने सहमति पनि दुवै पक्षले जनाएका छन्। यस विषयबारे विस्तृत छलफल गर्नका लागि अमेरिकाले एक प्रतिनिधिमण्डललाई चीन पठाउनेछ।

चीन र अमेरिकाले उत्पादन उद्योगका बस्तुहरू तथा सेवारत व्यापारीको विस्तार सम्बन्धमा छलफल गरेर निश्चित क्षेत्रको व्यापार बढ़ावाका लागि वातावरण सिर्जना गर्ने बारेमा सहमति जनाएका छन्।

बौद्धिक सम्पदा अधिकार संरक्षणमा महत्व दिँदै दुवै पक्षले पारस्परिक सहयोग सबल पार्ने मतैक्य हासिल गरेका छन्।

दुवै पक्षले एक-अर्कामा गर्ने लगानीलाई बढाउन प्रोत्साहन गर्ने सहमति जनाई यसका लागि उच्चस्तरीय सम्पर्क राख्दै जाने बचनवद्धता पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु