फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीका विशेष दुत लिउ हको अन्तर्वार्ता

(GMT+08:00) 2018-05-20 09:32:55

अमेरिका भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दुत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, उपप्रधानमन्त्री एवं चीन र अमेरिकाबीच चौतर्फी आर्थिक वार्ता अन्तर्गत चिनियाँ पक्षका नेता लिउ हले मे 19 तारिख एउटा अन्तर्वार्ता दिनुभयो। उहाँका अनुसार, चीन र अमेरिकाबीच चौतर्फी आर्थिक वार्तामा सबैभन्दा ठूलो उपलब्धि दुई पक्षले व्यापारिक संघर्ष नगर्नुका साथै आपसी थप भन्सार कर असुल कार्य रोक्ने सहमति हो।

यो भ्रमणले सक्रिय, व्यापारिक, रचनात्मक र फलदायी भएको उहाँले बताउनु भएको छ। दुई पक्षले चीन र अमेरिकाबीच सकारात्मक तथा स्वस्थ आर्थिक तथा व्यापारिक सम्बन्धको विकासबारे धेरै समहति प्राप्त गरेको उपप्रधानमन्त्री लिउ हले अन्तर्वार्तामा उल्लेख गर्नु भएको छ। छलफलमा सक्रिय उपलब्धि हासिल गर्ने सबैभन्दा महत्वपूर्ण कारण पहिला राष्ट्रनायकहरुद्वारा प्राप्त महत्वपूर्ण सहमति हुनुका साथै मूल कारण दुई देश र विश्वको चाहना हो।

चीन र अमेरिकाले उर्जा-श्रोत, कृषि उत्पादित वस्तु, चिकित्सा, उच्च वैज्ञानिक तथा प्रविधिक वस्तु, बैकिङ आदि क्षेकमा व्यापारिक सहयोगलाई सबल पार्ने चीन र अमेरिकाबीच चौतर्फी आर्थिक वार्ताअन्तर्गत चिनियाँ पक्षका नेता लिउ हले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु