फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिका व्यापारिक वार्ताका उपलब्धिहरु

(GMT+08:00) 2018-05-20 14:55:43

मे १९ तारिख चीन अमेरिका दुई दिने सम्झौता वार्ताका रुपमा आर्थिक व्यापारिक वार्ता पूरा गरेर संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन्। वार्ताको नतिजामा दुवै पक्षका सबै अपेक्षा पूरा नभएको भए पनि सक्रिय, उचित, निष्पक्ष, चरणगत र रचनात्मक भएको छ।

यो वार्ताको सबैभन्दा ठूलो विजयी पक्ष

अमेरिकी राष्ट्रपति ट्रम्पले मे 17 तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, उपप्रधानमन्त्री एवं चीन र अमेरिकाबीच चौतर्फी आर्थिक वार्ता अन्तर्गत चिनियाँ पक्षका नेता लिउ हलेसँग वार्ता गर्दै दुई देशको सहयोगले दुई देशका जनतालाई अझ बढी व्यावहारिक फाइदा पुर्‍याउने आशा व्यक्त गर्नुभयो। जसबाट हेर्दा यो वार्तामा सबैभन्दा ठूलो विजयी पक्ष चीन र अमेरिकाका सर्वसाधारण जनता हुन्।

आपसी सम्मान र साझा विकास

संयुक्त विज्ञप्तिको विषयबाट चीनले सधैँ नै लागू गरेको आपसी सम्मान तथा हितकर सिद्धान्त प्रष्ट देखिन्छ।

सर्वसाधारणको ठोस अनुभवसँग अंगिकार

वर्तमान चीनमा विश्वव्यापी सबैभन्दा ठूलो मध्य वर्ग छ। सन् 2020 सम्म सरदर जिडिपी दश हजार अमेरिकी डलर भन्दा बढी पुग्नेछ। अमेरिकी कृषि वस्तुको आयातलाई विस्तार पार्ने सहमतिले चिनियाँ उपभोक्ताको चाहनालाई संतोष लगाउनुका साथै अमेरिकी किसानलाई प्रशस्त फाइदा पुग्नेछ। यसले खुलापनमा चिनियाँ कृषि उत्पादित वस्तुको आपूर्तिपक्ष सुधारलाई तीब्र बनाउन प्रोत्साहन गर्नेछ।

उर्जा-श्रोतबाट हरित चीन

अमेरिकाबाट थप पेट्रोल र प्राकृतिक ग्यासको आयात गरेमा सर्वसाधारणको हरित विकास र न्युन कार्बन जीवनको प्रत्याभूति दिनेछ। यो दुवै विजयी अवस्था हो।

बौद्धिक सम्पत्तिको महत्व

संयुक्त विज्ञप्तिअनुसार, दुई पक्षले संयुक्त विज्ञप्तिको सुरक्षामा उच्च महत्व दिएर सहयोगलाई सबल पार्न सहमति गरेका छन्। साथै चीन र अमेरिकाले उच्च वैज्ञानिक तथा प्रविधिक क्षेत्रमा व्यापारिक सहयोग गर्ने सहमति पनि गरेका छन्। यो विषयले दुई देशबीचको व्यापारलाई संतुलित बनाउन सहयोगी हुनेछ।

साझा प्रयास र आपसी सहयोग

विषे दूत लिउ हका अनुसार, चीन र अमेरिकाबीच चौतर्फी आर्थिक वार्तामा सबैभन्दा ठूलो उपलब्धि दुई पक्षले व्यापारिक संघर्ष नगर्नु साआपसी थप भन्सार कर असुल कार्य रोक्ने सहमति हो।

चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक मामिला जटिल छ। संयुक्त विज्ञप्तिको सहमतिलाई व्यवहारमा उतार्न आगामी दिनमा दुई पक्षले बजारगत नियमबमोजिम सक्रिय रुपमा कदम चाल्नुपर्छ।

जानकारी तथा लेखहरु