फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र गायिका फङ बीचको मायाप्रेम

(GMT+08:00) 2018-05-20 15:08:05

विश्वमा सबभन्दा बढी इन्टर्नेट प्रयोगकर्ता भएको चीनमा मोबाइलमार्फत इन्टर्नेट प्रयोग गर्नेको संख्या ७५ करोड पुगिसकेको छ। यसै हाराहारीमा हिजोआज चीनमा एउटा नयाँ चार्ड उत्पन्न भएको छः मे २० तारिखको चिनियाँ उच्चारण 'व आर लिङ' हो र यस उच्चारण चिनियाँ भाषामा 'व आइ नी'(म तिमीलाई माया गर्छु)को उच्चारण जस्तै सुनिने भएकाले चिनियाँ इन्टर्नेट प्रयोगकर्ताहरूले मे २० तारिखलाई इन्टर्नेट युगमा माया-प्रेम दर्शाउने दिन मान्ने गर्छन्। सन्२०१८ को मे २० तारिखमा चीनको सर्वोच्च नेता सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआन बीचको मायातिर नजर डुलाऔँ।

मायामा सन्तुष्ट

सन् १९८७ को सेप्टेम्बरमा सी चिनफिङ र फङ लीयुआन बीच विवाह भयो। उहाँहरूको विवाहमा तत्कालीन सहकर्मी र साथीलाई बोलाएर एक टेलुबमा सँगसँगै खाना खानुभएको थियो। तापनि उहाँहरूको मनमा बसेको मायाले सन्तुष्ट बनाएको थियो।

एकअर्कालाई मनमा राख्नु नै माया

उहाँहरूको विवाहपछि स्थानीय सरकारका नेता र सैन्य गायक कलाकार हुनुभएकोले उहाँहरू सधैँ नै काममा व्यस्त भएकाले भेला हुने समय कमै थियो। प्रत्यक्ष रुपमा नियमित भेट नभए पनि एकले अर्काको मनमा बसेको प्रत्याभूति उहाँहरु दुवैमा थियो। सीले काम गरेको चीनको फुच्यान प्रान्तमा जाडोमा निकै चिसो हुन्छ र फङले आफ्नै हातले सीको लागि सिरक बनाउनुभएको थियो भने बसन्त चाडको बेला फङले बसन्ते गालामा भाग लिँदा सीले घरमै बसेर ममचा बनाउँदै श्रीमतीलाई पर्खनुभएको थियो। सीले यानआन टेलिभिजन स्टेशनसँगको अन्तर्वार्तामा आफूले हरेक दिन श्रीमतीसँग कम्तिमा एक चोटी टेलिफोन गर्ने कुरा पोख्नुभयो।

परिवारमा माया

उहाँहरूले कडाइका साथ छोरीलाई हुर्काउँदै समयको सदुपयोग गर्ने नियमको पालना गरिरहनुभयो।

जिन्दगीभर साथ दिनु नै माया

राष्ट्रिय नेताको पदमा सम्हाल्नुभएपछि सीले श्रीमती फङको साथमा विदेशको भ्रमण गर्दै आउनु भएको छ। उहाँहरू एकले अर्कालाई व्यवहार गर्दा आपसी माया सरल र प्राकृतिक रूपमा प्रदर्शन हुने गर्छ।

जानकारी तथा लेखहरु