फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन भ्रमणको अपेक्षामा जर्मनका चान्सलर

(GMT+08:00) 2018-05-20 15:52:41
जर्मनका चान्सलर अन्गेला मर्केलले शुरू हुन लागेको आफ्नो चीन भ्रमणको अपेक्षामा रहेर चीनसँगै मिलेर बहुपक्षवादलाई सबल पार्ने महत्वपूर्ण विषयबारे बैचारिक आदानप्रदान गर्ने आशा व्यक्त गर्नुभएको छ। उहाँले हिजो मे १९ मा सार्वजनिक एउटा भिडियोमा उक्त कुरा भन्नुभएको हो।

चान्सलर मर्केलले आफ्नो चीन भ्रमणमा पारस्परिक सम्बन्ध, आर्थिक परिस्थिति तथा व्यापारबारेमा चीनसँग वार्ता गर्ने जानकारी पनि दिनुभएको छ।

चीनको परराष्ट्र मन्त्रालयले गत १८ तारिख जनाए अनुसार, जर्मन चान्सलर अन्गेला मर्केलले मे २४ देखि २५ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। जर्मन चान्सलरको पदमा पुन चयन भएपछि मर्केलले गर्नुहुने यो पहिलो चीन भ्रमण हो र आफ्नो राजनीतिक करियामा चान्सलर बन्नुभएपछि उहाँले गर्नुहुने यो ११ औँ चीन भ्रमण हो।

जानकारी तथा लेखहरु