फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पर्यावरणीय अवस्थामा भएको परिवर्तन आश्चर्यजनक

(GMT+08:00) 2018-05-20 15:55:10

संयुक्त राष्ट्र संघीय उप महासचिव एवं वातावरण कार्यक्रमका कार्यकारी प्रमुख एरिक सोल्हेमले बितेका ५ वर्षमा चीनको पर्यावरणीय अवस्थामा देखा परेका परिवर्तनहरू सकारात्मक दिशातिर गएको र आश्चर्य लाग्दो गरी विकास भएको भन्दै प्रशंसा गर्नुभएको छ। उहाँले १८ तारिख सिन्ह्वा समाचार समितिसँगको अन्तर्वार्तामा ती परिवर्तनहरू देखा परेको गति पनि मानवजातिको इतिहासमा सबभन्दा द्रुत भएको भन्नैपर्ने ठहर पनि व्यक्त गर्नुभएको छ।

चीनको निजी व्यवसायहरूले कम कार्बन अर्थको विस्तार तथा सफा उर्जा प्रणालीको स्थापनामा सकारात्मक भूमिका निर्वाह गरिरहेको छन् भने चीनबाट प्रस्तुत बेल्ट एण्ड रोड इनिसिएटिभ नै विश्वव्यापी जलवायु परिवर्तनको सामनामा निकै अर्थपूर्ण रहेकोले सम्बद्ध मुलुकका लागि उर्जा सहयोग मञ्च निर्माण गरिएको र ती मुलुकको अर्थतन्त्रमा हरित विकास बाटोमा चल्न सहयोगी भएको कुरा पनि एरिकले औंल्याउनुभएको छ। वातावरणीय व्यवस्थापन तथा पर्यावरणीय सभ्यता निर्माण क्रममा चीनको बुद्धिलाई विश्वका अन्य मुलुकमा फैल्याउन लायक भएको ठहर पनि एरिकले गर्नुभएको छ।

जानकारी तथा लेखहरु