फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेभसाइट सुभारम्भ

(GMT+08:00) 2018-05-21 14:22:45

नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा आफ्नो वेभसाइट सुरु गरेको छ। चिनियाँ पर्यटकलाई नेपालको समग्र जानकारी गराउने र अझै बढी चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा आकर्षण गर्ने उद्देश्यले निर्माण गरिएको चिनियाँ भाषाको वेभसाइटले चीनमा नेपालको जानकारीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

नेपाल पर्यटन बोर्डको चिनियाँ भाषाको वेभसाइटको संचालन थालनी समारोह सोमबार काठमाडौँमा आयोजना गरियो। सो समारोहलाई सम्बोधन गर्दै नेपालका पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले चिनियाँलाई नेपालको प्राकृतिक सांस्कृतिक ऐतिहासिक तथा पर्यटकीय सम्पदाको जानकारी दिने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा वेभसाइट संचालनमा ल्याएकोमा संवद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो। नेपाल र चीनबीचमा युगौँदेखि सांस्कृतिक र आर्थिक तथा राजनीतिक सम्बन्ध रहँदै आएको बताएँदै अरनिको लगायत ऐतिहासिक दूतहरुले आपसी सम्बन्ध विस्तार गरेको बताउनुभयो।

नेपालका लागि चिनियाँ राजदूत यु होङले सो समारोहलाई सम्बोधन गर्दै चिनियाँ पर्यटकलाई नेपालमा आकर्षण गर्नका लागि बोर्डको चिनियाँ भाषाको वेभसाइट महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। उहाँले समय समयमा यसको अपडेट र थप जानकारीले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आकर्षणलाई सहज रुपमा चिनियाँ नागरिकसामु पुर्‍याउन यो वेभसाइटले महत्वपूर्ण काम गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु