फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन विमानस्थल आजदेखि दैनिक २१ घण्टा संचालनमा

(GMT+08:00) 2018-05-21 14:56:27

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी सञ्चालनमा ल्याइएको अनलाइन खबरले लेखेको छ।

दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई 'होल्ड' गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भन्नुभयो, 'हिजोसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ। अब विगतको जस्ता समस्या रहँदैन।'

त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ।

यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनु भएको थियो। उहाँको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको हो।

जानकारी तथा लेखहरु