फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनचनमा चिनियाँ कम्युनिष्ट पार्टी तथा विश्वका पार्टीहरुको उच्च तह बीचको संवाद-सम्मेलन

(GMT+08:00) 2018-05-21 14:58:17
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैदेशिक विभागको अध्यक्षतामा चिनियाँ कम्युनिष्ट पार्टी तथा विश्वका पार्टीहरुको उच्च तह बीचको संवाद-सम्मेलन आगामी २६ तारिखदेखि २८ तारिखसम्म क्वाङ तुङ प्रान्तको शन चन शहरमा आयोजना गरिनेछ। सो संवाद-सम्मेलनमा "चिनियाँ कम्युनिष्ट पार्टीको कथा-सी चिन फिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचार क्वाङ तुङमा"विषयक प्रचार सम्मेलन,काल मार्क्सको २०० औं जन्मजयन्ती विषयक गोष्ठी,चौथो चीन-अफ्रिका युवा शिखर मञ्च तथा दोस्रो चीन-ल्याटिन अमेरिकाका पार्टीहरु बीचको मञ्च समावेश गरिनेछ।

वार्ता-सम्मेलनको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैदेशिक विभागले शन चनमा शाङहाई सहयोग संगठन सदस्य मुलुकका राजनीतिक पार्टीहरुको पहिलो मञ्चको पनि आयोजना गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु