फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जेनेभामा ७१ औँ विश्व स्वास्थ्य सम्मेलन

(GMT+08:00) 2018-05-21 15:02:08
७१ औँ विश्व स्वास्थ्य सम्मेलन स्थानीय समय मे २१ तारिख जेनेभामा शुरु हुन लागेको छ। मे २० तारिख चिनियाँ प्रतिनिधि मण्डलले पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धित अवस्थाबारे जानकारी दिएको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य परिषदका प्रमुख मा श्याउ वैले चीनले चिनियाँ नागरिकको स्वास्थ्यलाई महत्व दिनुका साथै विश्वको स्वास्थ्य कार्यमा सक्रियताका साथ भाग लिएर मानव स्वास्थ्यका लागि चीनको ज्ञान तथा शक्ति उपलव्ध गराएको जानकारी दिनुभयो।

विश्व स्वास्थ्य सम्मेलन विश्व स्वास्थ्य संगठनको सर्वोच्च आधिकारिक संस्था हो। प्रत्येक वर्ष सम्मेलनको एक पटक आयोजना गरिन्छ। सम्मेलनमा विश्वको स्वास्थ्य कार्यमा भएका महत्वपूर्ण विषयहरुबारे छलफल गरिन्छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य परिषदका प्रमुख मा श्याउ वैले चीनले "स्वस्थ चीन"लाई राष्ट्रिय रणनीतिको उचाईमा पुर्‍याएर विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय संगठनसँग व्यापक सहयोग गरी मानव जातिको स्वास्थ्य स्तरलाई उकासेको जानकारी दिनुभयो।

मा श्याउ वैका जानकारी अनुसार, वितेका दिर्घकालीन अवधिदेखि चीनले विकासोन्मुख मुलुकहरुको स्वास्थ्य कार्यको सघाउ पुर्‍याएको छ। सन् १९६३ देखि चीनले विकासोन्मुख मुलुकहरुलाई पच्चीस हजार जना चिकित्सक पठाएर र उनीहरुले अठाइस करोड विरामीको उपचार गरेका छन्।

जानकारी तथा लेखहरु