फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा रबीन्द्रनाथ ठाकुरको 157 औँ जन्मजन्ती आयोजना

(GMT+08:00) 2018-05-21 15:02:47
रवीन्द्रनाथ ठाकुरको 157 औँ जन्मजन्ती समारोह बेइजिङस्थित चीनका लागि भारतीय राजदूताबासमा आयोजना गरियो। चीनका लागि भारतीय राजदुत गौतम बाम्बावाले, पैचिङमा ठाकुरका सम्बन्धमा अध्ययनरत् विद्बानहरू, पैचिङ विश्वविद्यालय, पैचिङ भाषा विश्वविद्यालय र चीनको संचार विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरू तथा चिनियाँ र भारतीय पत्रकारहरू गरी एक सयभन्दा बढी अतिथिहरू सो समारोहमा सहभागी भएका छन्।

चीनका लागि भारतीय राजदुत बाम्बावालेले समारोहलाई सम्बोधन गर्दै भारत र चीन दुवै नै एशियाका दुईवटा महान सभ्यता बोकेका मुलुक रहेको बताउनुभयो। उहाँका अनुसार, गत सन् 1924 र सन् 1929 मा ठाकुरले दुईपटक चीनको भ्रमण गर्नुभएको र चिनियाँ जनतासँग घनिष्ट मित्रता पनि स्थापना गर्नु भएको थियो।

उक्त समारोहमा दुवै देशका विद्बान र विद्यार्थीहरूले कविता वाचन तथा गायन र नृत्य जस्ता सांस्कृतिक कार्यक्रममार्फत महान साहित्यकार रबीन्द्रनाथ ठाकुरको सम्मान गरेका छन्।

जानकारी तथा लेखहरु