फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपराष्ट्राध्यक्ष वाङ छि शानले सेन्ट पिटरस्बर्गमा आयोजना हुने अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिने हुने

(GMT+08:00) 2018-05-21 18:07:33
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज मे २१ तारिख घोषणा गरे अनुसार,रुस तथा बेलारुस सरकारको निम्तोमा चीनका उप-राष्ट्राध्यक्ष वाङ छिशानले मे २४ तारिखदेखि २९ तारिखसम्म सेन्ट पिटरस्बर्गमा आयोजना हुने अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिनुका साथै बेलारुसको भ्रमण गर्नुहुने कार्यक्रम छ।

लु खाङले आज परारष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, अहिले चीन र रुस बीचको सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध इतिहासको सर्वोच्च स्तरमा रहेको छ। दुई मुलुकका राष्ट्रनायकको रणनीतिक नेतृत्व तथा प्रयासमा चीन-रुस सम्बन्ध उच्च स्तरीय विकासमा हुँदै आएको छ। चीन र रुसका विभिन्न क्षेत्रमा रहेको सहयोग निकै घनिष्ठ रहेको,उपलव्धि प्रशस्त रहेको र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा रहेको सहयोग दिन प्रति दिन सबल हुँदै आएको छ। जसले विश्व शान्ति,स्थिरता तथा विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यसका साथै लु खाङले चीन-बेलारुस सम्बन्ध आपसी विश्वास,आपसी सहयोग तथा संयुक्त विजय भएको सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको नयाँ चरणमा रहेको कुरा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु