फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"शाङ्गहाई सहयोग संगठनको प्रशंसा" कार्यक्रमको आकर्षण

(GMT+08:00) 2018-05-21 18:08:20
हाल चाइना मिडिया ग्रुपद्बारा प्रस्तुत "शाङ्गहाई सहयोग संगठनको प्रशंसा" शीर्षकको अनलाइन अन्तर्क्रिया कार्यक्रमले धेरै मुलुकका जनतामाझ निकै उत्साहजनक लहर उठाएको छ। मे एक्काईस तारिखसम्ममा सो कार्यक्रम हेर्ने र त्यसमा अन्तर्क्रिया गर्नेको संख्या दुई करोडभन्दा बढी पुगेको छ। त्यस कार्यक्रमले शाङ्गहाई सहयोग संगठन मुलुकका लगभग साठी जना राजनीतिज्ञ र गण्यमान्य व्यक्तिलाई आकर्षित गरेको छ भने त्यस कार्यक्रम अठारवटा मुलुकमा प्रचलित भएको छ।

हालसम्म रुसका लागि चिनियाँ राजदूत ली ह्वै, चीनका सहायक परराष्ट्र मन्त्री एवं कजाकिस्तानका लागि पूर्व चिनियाँ राजदुत चाङ हान ह्वै, संघीय रुसी डिजिटल विकास, टेलिकम र सर्वसाधारण मिडिया मन्त्रालयका उपप्रमुख भोलिन, चीनका लागि शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका धेरै राजदूतहरू, सरकारी संस्थाका प्रतिनिधिहरू, चिनियाँ र विदेशी सांस्कृतिक क्षेत्रका नामी व्यक्ति तथा समुदाय पनि उक्त कार्यक्रममा सहभागी भएका छन्।

जानकारी तथा लेखहरु