फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

७१ ‌औँ विश्व स्वास्थ्य सम्मेलन शुरु

(GMT+08:00) 2018-05-22 16:09:16
७१‌औँ विश्व स्वास्थ्य सम्मेलन स्थानीय समय मे २१ तारिख जेनेभामा शुरु भयो। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेद्रोस अदहानोम घेबरियेसुसले "विश्व स्वास्थ्य संगठनको तेह्रौँ कार्य योजना"प्रस्तुत गर्नुभयो। सो कार्य योजनाका अनुसार, आगामी पाँच वर्षभित्र "तीन अर्ब"भन्ने लक्ष्यलाई पूरा गर्नुपर्छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य परिषदका प्रमुख मा श्याउ वैको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधि मण्डल यो सम्मेलनमा सहभागी भएको छ।

विश्व स्वास्थ्य सम्मेलन विश्व स्वास्थ्य संगठनको सबैभन्दा महत्वपूर्ण वार्षिक सम्मेलन हो। विश्व स्वास्थ्य संगठनका एक सय चौरान्नब्बे सदस्य मुलुकका प्रतिनिधिहरु छ दिनसम्म चल्ने सम्मेलनमा सहभागी भएर"विश्व स्वास्थ्य सँगठनको तेह्रौं कार्य योजना"लगायत विश्व स्वास्थ्य सम्बन्धी अनेकन चर्चित विषयहरुबारे छलफल गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेद्रोस अदहानोम घेबरियेसुसले "विश्व स्वास्थ्य सँगठनको तेह्रौँ कार्य योजना"को केन्द्रीय विषय आगामी पाँच वर्षभित्र "तीन अर्ब"भन्ने लक्ष्यलाई पूरा गर्नुपर्ने बताउनुभयो। "तीन अर्ब" को अर्थ स्वास्थ्य लाभ लिने जनसंख्या एक अर्ब, आकस्मिक घटनामा स्वास्थ्य सेवा संरक्षण पाउनेको संख्या एक अर्ब र स्वास्थ्य तथा कल्याणमा सुधार भएका एक अर्ब रहनेछन्।

जानकारी तथा लेखहरु