फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाउ ख चद्वारा शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुका रक्षा सचिवसँग भेट

(GMT+08:00) 2018-05-22 16:11:21
चीनको राज्य परिषदका सदस्य,चिनियाँ सार्वजनिक सुरक्षा मन्त्री चाउ ख चले हिजो मे २१ तारिख पैचिङमा शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुको सुरक्षा सम्मेलन सचिव स्तरीय तेह्रौं बैठकमा सहभागी हुन आएका रक्षा सचिवहरुसँग भेटवार्ता गर्नुभयो। उहाँले किर्गिस्तानका रक्षा सचिव दमिर सागिनबायेभ,उज्बेकिस्तानका रक्षा सचिव भिक्टोर माखमुदोभ,ताजकिस्तानका रक्षा सचिव ए ए काहारोभ,खाजाखस्तानका राष्ट्रपतिका सहायक एवं रक्षा सचिव नुरलान येरमेकबायेभ,पाकिस्तानका प्रधानमन्त्रीका रक्षा सचिव नासिर खान जानजुआ तथा भारतका रक्षा उप-सचिव राजेन्द्र खन्नासँग भेट गर्नु भएको हो।

सो अवसरमा चाउ ख चले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन तथा चीनका दुई अधिवेशनले सी चिन फिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई दीर्घकालीन अवधिसम्म जारी राख्नुपर्ने निर्देशन विचार तोकेर शाङहाई सहयोग संगठनका विभिन्न सदस्य मुलुक बीचको सम्बन्धको विकासमा नयाँ शक्ति थपेको बताउनुभयो।

जानकारी तथा लेखहरु