फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारको नीति तथा कार्यक्रममा एकसाथ तीनवटा रेल मार्ग

(GMT+08:00) 2018-05-22 16:33:14

नेपाल सरकारले एकसाथ तीनवटा रेलमार्ग बनाउने प्रक्रिया अगाडि बढाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सोमबार संघीय संसदका दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीनवटा रेलमार्ग बनाउने सरकारको योजना सार्वजनिक गर्नु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

जस अनुसार सरकाले मेची–महाकाली रेल मार्ग, रक्सौल–काठमाडौँ रेल मार्ग, रक्सौल–काठमाडौँ–पोखरा–लुम्बिीनी रेल मार्ग बनाउने कुरा नीति तथा कार्यक्रममा ल्याएको हो। रक्सौल–काठमाडौँमा रेलमार्ग भारतले आफ्नै लागनीमा बनाइदिने बताएको छ भने रक्सौल–काठमाडौँ–पोखरा लुम्बिनी रेलमार्ग निर्माणमा चीनले यसअघिबाटै चासो दिइरहेको छ।

त्यसैगरी मेची–महाकाली रेलमार्ग निर्माणको काम सरकारले आफैँ अगाडि बढाइरहेको छ। सरकाले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई एक्प्रेस वेका रुपमा विकास गरिने पनि जनाएको छ।

जानकारी तथा लेखहरु