फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य सम्मेलनले थाइवान सम्बन्धी प्रस्तावलाई कार्यसूचिमा नराखेकोमा चीनद्वारा स्वागत

(GMT+08:00) 2018-05-22 16:57:42
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज मे बाईस तारिख पैचिङमा यस वर्षको विश्व स्वास्थ्य सम्मेलनले थाइवानसँग सम्बन्धित रहेका प्रस्तावलाई सम्मेलनको अतिरिक्त कार्यसूचिमा नराख्ने निर्णय गरेको जानकारी दिनुभएको छ। त्यस कारवाईबाट एक मात्र चीन भन्ने सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको साझा बुझाइ र मुख्य प्रवृत्ति हुने प्रतिबिम्बित गरिएकाले चीनले त्यसको निकै स्वागत गरेको कुरा पनि प्रवक्ता लुले बताउनुभएको छ।

आजै आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा औँल्याउनुभएको हो। उहाँका अनुसार, यस वर्षको विश्व स्वास्थ्य सम्मेलनले तथाकथित थाइवानलाई पर्यवेक्षकको हैसियतले विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिने प्रस्तावलाई सम्मेलनको अतिरिक्त कार्यसूचिमा राख्ने कुरालाई अस्वीकार गरेको छ। विश्व स्वास्थ्य सम्मेलनको उक्त निर्णयले संयुक्त राष्ट्र संघको सम्मेलन र विश्व स्वास्थ्य सम्मेलनका सम्बद्ध निर्णय-प्रस्तावको इज्जतको संरक्षण गरेको छ।

जानकारी तथा लेखहरु