फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीको महत्वपूर्ण सम्बोधनको भावनालाई व्यवहारमा उतार्न बेइजिङमा प्रशिक्षण कार्यक्रम

(GMT+08:00) 2018-05-23 16:52:29
पैचिङ विश्व विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुसँग आयोजित गोष्ठी तथा काल मार्क्सको दुई सयौं जन्मजयन्तीको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्नुभयो। यी दुईवटा महत्वपूर्ण सम्बोधनको भावनालाई व्यवहारमा उतार्नका लागि चीनको शिक्षा मन्त्रालय अन्तर्गत सामाजिक विज्ञान परिषद्का उप-प्रमुख कु हाई ल्याङ,छिङह्वा विश्व विद्यालयका प्रिन्सिपल छ्यू यौङले "विश्व विद्यालयको उचित विकासको निरन्तरता दिऔं,मार्क्सवादी सिद्धान्तको अध्ययन तथा प्रचारलाई सबल पारौं"तथा "सदगुण व्यक्ति हुर्काऔं,नैतिक,बुद्धिमान,शारिरिक तथा सौन्दर्य क्षेत्रमा चौतर्फी विकास हुने समाजवादी निर्माणकर्ताहरु तथा उत्तराधिकारीहरु"लाई तालिम दिने शीर्षकमा राजधानीका एक हजार भन्दा बढी शिक्षक-शिक्षिकालाई रोचक विषय सिकाउनुभयो। यी कक्षा "राजधानीका लाखौं लाख शिक्षक तथा विद्यार्थीहरुलाई एउटा कक्षा पढौं"कार्यक्रमको शुरुवात हो।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत केही विश्व विद्यालयका सचिव,प्रिन्सिपल,गण्यमान्य विद्वानहरु लगायत साठीभन्दा बढी व्यक्तिहरु यस पटकको प्रशिक्षणमा सहभागी हुनुहुनेछ। छिङह्वा विश्व विद्यालयमा भएको पहिलो कक्षा सम्पन्न भएपछि उहाँहरुबाट गठित टोलीले राजधानीका एक सय भन्दा बढी विश्व विद्यालयमा कक्षा लिनेछ।

जानकारी तथा लेखहरु