फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुको सचिव स्तरीय सुरक्षा सम्मेलन

(GMT+08:00) 2018-05-23 16:54:21
शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुको सचिवस्तरीय सुरक्षा सम्बन्धी तेह्रौं बैठक हिजो मेइ २२ तारिख पैचिङमा आयोजित भयो। शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुका प्रतिनिधिहरु, शाङहाई सहयोग संगठनको सचिवालय तथा क्षेत्रीय आतंकवाद प्रतिरोध संस्थाको कार्यकारी समितिका प्रतिनिधिहरु सो बैठकमा सहभागी हुनुभयो।

चीनको राज्य परिषदका सदस्य,चिनियाँ सार्वजनिक सुरक्षा मन्त्री चाउ ख चले बैठकको अध्यक्षता गर्नुका साथै सम्बोधन गर्नुभयो। उहाँले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ तथा विभिन्न मुलुकहरुका नेताहरुको उच्च महत्वमा शाङहाई सहयोग संगठन यस क्षेत्रका सुरक्षा तथा स्थिरताको संरक्षण गर्न तथा संयुक्त विकास तथा समृद्धिलाई अघि बढाउनका लागि भरपर्दो सुनिश्चितता बनेको भन्दै शाङहाई सहयोग संगठनले विश्वमा नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवको हित लक्षित समूदायको स्थापना गर्नका लागि नमूना बनाएको बताउनुभयो। शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुको सुरक्षा सम्मेलन सचिव स्तरीय बैठकको भूमिकालाई पूर्ण रुपमा खेलेर आपसी राजनीतिक विश्वासलाई बढाएर यस क्षेत्रका स्थिरता तथा विकासको संरक्षण गर्नुपर्ने कुरा पनि उहाँले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु