फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलापनको अरु उच्च स्तरमार्फत सुधारलाई अघि बढाइने प्रधानमन्त्री लीको भनाइ

(GMT+08:00) 2018-05-23 16:56:40
चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रीय समितिका स्थायी सदस्य,राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले खुलापनको अरु विस्तारको विषयमा चिनियाँ वाणिज्य मन्त्रालय तथा चीनको प्रधान भन्सार कार्यालयको निरीक्षण गर्नुका साथै गोष्ठीको अध्यक्षता गर्नुभयो।

चिनियाँ वाणिज्य मन्त्रालय तथा चीनको प्रधान भन्सार कार्यालयको निरीक्षण गरेपछि ली ख छ्याङले गोष्ठीको अध्यक्षता गर्नुभएको हो। उहाँले बितेका चालीस वर्षदेखि खुलापनले सुधारलाई शक्तिशाली रुपमा डोर्‍याएर विकासलाई अघि बढाएको भन्दै नयाँ ऐतिहासिक युगमा खुलापनको अरु विस्तार आवश्यक रणनीतिक छनौट रहेको बताउनुभयो। विभिन्न प्रकारको सुधारलाई गहन पार्न,बजारको जिवन्त शक्तिलाई तेज पार्न र विकासको वातावरणमा सुधार गर्न तथा गुणस्तरीय विकासलाई अघि बढाउनका लागि अरु उच्च स्तरको खुलापनको आवश्यक्ता हुनुपर्ने कुरा पनि उहाँले औँल्याउनुभयो।

ली ख छ्याङले बहुपक्षीय व्यापारिक प्रणालीको दृढ संरक्षणमार्फत खतराको प्रभावकारी रुपमा प्रतिरोध गर्न तथा आपसी खुलापन तथा उचित प्रतिस्पर्धामा संयुक्त विजय तथा विकास हुनसक्ने पनि स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु