फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा सम्पूर्ण रुपमा मलेरिया उन्मूलन

(GMT+08:00) 2018-05-23 16:57:19
चीनको राष्ट्रिय स्वास्थ्य परिषद्का उपप्रमुख छ्वै लीले हिजो मे बाईस तारिख जेनेभामा चीनले सारा विश्वमा मलेरिया उन्मुलन गरिने प्रस्ताव बमोजिम सन् 2017 मा पहिलो पटक स्वदेशमै मलेरिया लाग्ने कुनै पनि तथ्याङ्क नभेटिएको बताउनुभयो। उहाँले मलेरिया उन्मुलन लक्ष्यलाई साकार तुल्याएको भन्दै चीन सम्पूर्ण रुपमा मलेरिया निमिट्यान्न हुने मुलुक बन्नलागेको जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

71 औँ विश्व स्वास्थ्य सम्मेलनमा चीन, श्री‌लंका र म्यान्मार तीनवटा मुलुकले संयुक्त रुपमा "सबै जनतामाझ स्वास्थ्य सेवा पुर्‍याउने: देशद्बारा निर्देशित मलेरिया उन्मुलन कार्यक्रम" विषयक गोष्ठीको आयोजना गरेका थिए।

उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपप्रमुख छ्वै लीले चीनले मलेरिया उन्मुलन गर्ने ठोस कार्य-योजनाको तर्जुमा गर्नुका साथै सन् 2020 सम्म सारा देशमा पूराका पूरै लेरिया उन्मुलन गर्ने लक्ष्य पनि प्रस्तुत गरेको जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु