फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सशस्त्र भिडन्त निवारण नै सर्वसाधारणको संरक्षण गर्ने सबैभन्दा उत्कृष्ट तरिका भएको चीनको भनाइ

(GMT+08:00) 2018-05-23 16:58:33
संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि मा चाउ स्युले मे बाईस तारिख सक्दो प्रयासमार्फत सशस्त्र भिडन्त निवारण गरेर मुलभूत रुपमा सर्वसाधारणको संरक्षण गर्ने समस्याको समाधान गर्ने कुरामा जोड दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। उहाँले हिजै सुरक्षा परिषद्द्बारा आयोजित सशस्त्र भिडन्तमा सर्वसाधारणको संरक्षण समस्या सम्बन्धी खुलस्त बहसलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो।

सामुहिक सुरक्षित व्यवस्थाको केन्द्रको रुपमा रही सुरक्षा परिषद्ले वास्तविक रुपमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्ने महत्वपूर्ण कार्यभार बहन गर्नुपर्ने कुरा पनि प्रतिनिधि माले औँल्याउनुभएको छ।

सम्बद्ध मुलुकका सरकार र भिडन्तमा सहभागी विभिन्न पक्षहरूले सर्वसाधारणको संरक्षण गर्ने जिम्मा लिनुपर्ने कुरामा पनि प्रतिनिधि माले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु