फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुनुमानढोका दरबार संग्रहालय ३ वर्षपछि सञ्चालन हुने

(GMT+08:00) 2018-05-23 17:02:25
तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पपले नासलचोकमा रहेको उक्त संग्रहालयको भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक चीजबीज संग्रह गरिएको स्थल बन्द भएका राष्ट्रिय समाचार समितिले लेखेको छ।

हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको पुरातत्व विभागले जनाएको छ। संग्रहालय रहेको भवन बन्न अझै तीन वर्षभन्दा बढी लाग्ने भएकाले दरबारको ढुकुटीमा अस्थायी रुपमा हेर्ने व्यवस्था मिलाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो। नासल चोकको दक्षिणी र पश्चिमी लङ एवम् दाखचोकमा संग्रहालय थियो।

संग्रहालयमा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको जीवनका पाएसम्मका चीजबीज र ऐतिहासिक सामग्री संग्रह गरिएको छ। अस्थायी संग्रहालयमा सबै सामग्री प्रदर्शन गर्न नसकिने भएकाले महत्वपूर्ण चीजबीज मात्र हेर्न सकिन्छ। भूकम्पपछि उत्खनन गरिएका सांस्कृतिक सम्पदाका चीजबीज पनि संग्रहालयमा प्रदर्शनमा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख अरुणा नकर्मीले बताउनुभयो।

जानकारी तथा लेखहरु