फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया र अमेरिकी नेता बीचको भेटवार्तामा सकारात्मक उपलब्धि प्राप्त हुनसक्ने चीनको आशा

(GMT+08:00) 2018-05-23 18:37:23
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले मे तेइस तारिख पैचिङमा उत्तर कोरिया र अमेरिका दुवै पक्षले वर्तमान सुअवसरको सदुपयोग गरेर एउटै दिशातर्फ लम्कनुका साथै सन्तुलित रुपमा आ-आफ्नो चासो भएका समस्याको समाधान गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ। दुवै देशका नेता बीच सुचारु रुपमा भेटघाट हुने र सकारात्मक उपलब्धि प्राप्त हुनसक्ने प्रतिक्षामा चीन रहेको कुरा पनि प्रवक्ता लुले औँल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाईस तारिख बोल्दै आफु तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बीचको भेटघाट सम्भवत: पछि सारिने घोषणा गर्नुभएको छ। प्रवक्ता लु खाङले आजै आयोजित नियमित पत्रकार सम्मेलनमा त्यस विषयबारे पत्ररकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु