फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ यीद्वारा अमेरिकालाई एक चीनको नीतिको अक्षरश:पालना गर्न ताकिता

(GMT+08:00) 2018-05-24 15:44:20
चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले स्थानीय समय मे २३ तारिख आर्जेन्टिनाको भ्रमण सम्पन्न गरी वाशिन्टन हुँदै चीन फर्किंदा अमेरिकी विदेश मन्त्री माइक पोमपेओसँग भेट-वार्ता गर्नुभएको छ। भेट-वार्तापछि दुई पक्षले संयुक्त रुपमा पत्रकारहरुलाई अन्तर्वार्ता दिनुभयो।

पोमपेओले पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदै "एक चीनको नीति"बारे अमेरिकाको नीति परिवर्तन नभएको र यस समस्यामा अमेरिकाको नीतिको निरन्तरता रहेको विचार व्यक्त गर्नुभयो।

वाङ यीले "एक चीनको नीति"बारे अमेरिकाको नीति परिवर्तन नभएको पोमपेओको भनाइमा आफू ध्यान दिएको बताउँदै थाइवान समस्या चीनको सार्वभौमिकता, प्रादेशिक अक्षुणता तथा चीनको केन्द्रीय हितसँग सम्बन्धित रहेको विचार प्रकट गर्नुभयो। एक चीनको नीति तथा चीन र अमेरिका बीच हस्ताक्षरित तीन बुँदे सँयुक्त विज्ञप्तिको अक्षरश:पालना गरी चीन-अमेरिका सम्बन्ध तथा थाइवान जल डमरुका शान्ति तथा स्थिरताको संरक्षण गर्नसक्ने ताकिता चीनले अमेरिकालाई गरेको कुरामा पनि वाङ यीले जोड दिनुभयो।

जानकारी तथा लेखहरु