फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अमेरिका र उत्तर कोरियाका नेताहरु बीच हुने भेटवार्ताको समर्थन

(GMT+08:00) 2018-05-24 15:44:51
चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले स्थानीय समय मेइ तेइस तारिख आर्जेन्टिनाको भ्रमण सम्पन्न गरी वाशिन्टन हुँदै चीन फर्किंदा अमेरिकी विदेश मन्त्री माइक पोमपेओसँग भेट-वार्ता गर्नुभएको छ। भेट-वार्तापछि दुई पक्षले संयुक्त रुपमा पत्रकारहरुलाई अन्तर्वार्ता दिनुभयो।

यतिबेला विश्वलाई आकर्षित गरिरहेको कोरियाली प्रायद्वीपको आणविक समस्या तथा अमेरिका र उत्तर कोरियाका नेताहरु बीचको भेटको विषयमा वाङ यीले कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने दृढताका साथ समर्थन गरेको र यो अडान कुनै पनि हालतमा परिवर्तन नहुने बताउनुभयो। कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने लक्ष्य पूरा भएको शिलशिलामा कोरियाली प्रायद्वीपको शान्ति सम्बन्धी दीर्घकालीन अवधिसम्मको प्रभावकारी व्यवस्थाको स्थापना गर्नुपर्ने ठहर चीनले गरेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो। चीनले वहन गर्नुपर्ने अन्तर्राष्ट्रिय जिम्मेवारी राम्रोसँग व्यहोर्नुका साथै कोरियाली प्रायद्वीपका शान्ति तथा स्थिरताको संरक्षण गर्ने प्रयास गर्ने पनि उहाँले प्रष्ट पार्नुभयो।

अमेरिका तथा उत्तर कोरियाका नेताहरु बीचको भेटका लागि एउटा असल आधार तयार भइसकेको कुरामा पनि वाङ यीले जोड दिनुभयो।

जानकारी तथा लेखहरु