फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारले कठिन अवस्थामा परेका क्षेत्रहरुको शिक्षाका लागि लगानी बढाउने

(GMT+08:00) 2018-05-24 15:45:30
चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो मेइ तेइस तारिख बुधबार राज्य परिषदको स्थायी बैठकको आयोजना गर्नुभएको छ। सो बैठकमा कठिन अवस्थामा परेका क्षेत्रहरुको शिक्षाका लागि लगानी बढाइने,शिशु विद्यालयका लागि विविध स्रोतको आपूर्ति बढाइने,दुग्धजन्य पदार्थको पुन:उत्पादन तथा दुग्धजन्य पदार्थको गुणस्तरको सुरक्षाका लागि कदम चालिने,सेवामुलक व्यापारको आविश्कारका लागि परीक्षणलाई गहन पारिने लगायत विषयहरु तोकिएको छ।

सो बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदको आदेश अनुसार, कठिन अवस्थामा परेका क्षेत्रहरुको शिक्षाका लागि लगानी बढाइनेछ। जसबाट न्याय शिक्षालाई अघि बढाउनसकिने कुरा पनि उल्लेख गरिएको छ।

सो बैठकमा दुग्धजन्य पदार्थ उद्योग स्वस्थ चीन तथा बलियो राष्ट्रका लागि नभईनहुने उद्योग हो। दुग्धजन्य पदार्थको गुणस्तरको अनुगमनलाई सबल पार्नुपर्ने ठहर गरिएको छ।

सो बैठकमा सेवामुलक व्यापारको विकासलाई प्राथमिकता दिनु अर्थतन्त्रलाई परिणत गर्न तथा गुणस्तरीय विकासका लागि एउटा मह्तवपूर्ण कदम रहेको ‌औंल्याइएको छ।

जानकारी तथा लेखहरु