फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकाका लागि चिनियाँ दुताबासद्बारा चीन-श्रीलंका मिडिया थिङ्कट्याङ्क गोष्ठीको आयोजना

(GMT+08:00) 2018-05-24 18:04:07
श्रीलंकाका लागि चिनियाँ दुताबासले मे तेइस तारिख "हजारौं वर्षसम्मको गहिरो भावना: हात मिलाएर सुमधुर भविष्यको सिर्जना गरौं" शीर्षकमा चीन-श्रीलंका मिडिया थिङ्कट्याङ्क गोष्ठीको आयोजना गर्दै सी चिन फिङ नयाँ युगमा कूटनीतिक विचारधारा र चीन-श्रीलंका "बेल्ट एण्ड रोड" निर्माणको प्रचार-प्रसार गरेको छ।

श्रीलंकाका लागि चिनियाँ राजदुत छङ स्युए युआनले मुख्य विषयमा सम्बोधन गर्नुका साथै श्रीलंकाली विकास रणनीति र अन्तर्राष्ट्रिय व्यापार मन्त्री मुख्य अतिथिको हैसियतले मन्तव्य दिनुभएको छ। दुवै देशका एक्काईसवटा सञ्चार-माध्यम, छवटा थिङ्कट्याङ्क र श्रीलंकामा रहेका चिनियाँ पूँजीद्बारा सञ्चालित व्यवसाय, वाणिज्य संघ र सम्बद्ध व्यवसायका प्रतिनिधिहरू सो गोष्ठीमा सहभागी थिए।

श्रीलंकाली सञ्चार-माध्यमहरूले राष्ट्राध्यक्ष सीद्बारा प्रस्तुत बेल्ट एण्ड रोड महान प्रस्तावबाट श्रीलंकामा साँच्चिकै स्वतन्त्रता, शान्ति र विकास हुनका लागि ठूलो अवसर उपलब्ध गराइने ठहर गरेका छन्।

जानकारी तथा लेखहरु