फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले स्वतन्त्र व्यापार क्षेत्रको सुधार र खुलापनलाई अझ गहन पार्ने

(GMT+08:00) 2018-05-24 18:06:17
हाल चिनियाँ राज्य परिषद्ले क्वाङ तुङ, थेन चिन र फु चेन स्वतन्त्र व्यापार परीक्षणात्मक क्षेत्रको सुधार र खुलापनलाई अझ गहन पार्ने तीनवटा योजनालाई सार्वजनिक गरेको छ। ती तीनवटा योजनामा वास्तविक आर्थिक विकासलाई सेवा प्रदान गर्नुका साथै विविध क्षेत्रमा गहन रुपमा सुधार र खुलापनको सर्वेक्षण गर्ने विषयहरू समेटिएका छन्। यसबाहेक, खुलापनलाई अझ बढाउनका लागि वाणिज्य मन्त्रालयले हाल सारा देशमा विदेशी लगानीमा नकारात्मक प्रभाव पार्ने कार्यमा नकारात्मक कार्यसूचि तयार बनाएर त्यस्ता व्यवधानलाई कसरी समाधान गर्ने भनेर अध्ययन गरिरहेको छ। त्यसैगरी स्वतन्त्र व्यापार परीक्षणात्मक क्षेत्रमा आएको विदेशी लगानीका अवरोधका कार्यसूचि बनाएर अध्ययन गरिरहेको छ।

चीनको वाणिज्य मन्त्रालयका सहायक मन्त्री रन होङ पिनका अनुसार, उक्त तीनवटा योजनाले सुधार र खुलापनको मुख्य विषय बमोजिम विभिन्न क्षेत्रमा गहन रुपमा सुधार र खुलापनको सर्वेक्षण गरेको छ। ती तीनवटा प्रान्त र शहरले देशको रणनीति बमोजिम आ-आफ्नो विशेषता अनुसार विभिन्न विशेषतायुक्त परिक्षणात्मक कार्यभारको पनि निश्चित पारेका छन्।

जानकारी तथा लेखहरु