फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ तथा जर्मनीका चान्स्लर अन्गेला मर्केल बीच भेट-वार्ता

(GMT+08:00) 2018-05-24 19:18:46
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मे चौब्बीस तारिख पैचिङस्थित जन बृहद सभा भवनमा जर्मनीका चान्स्लर अन्गेला मर्केलसँग भेट-वार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले मर्केलको एघारौँ चीन भ्रमणलाई स्वागत गर्नुका साथै चीन-जर्मनी सम्बन्धमा मर्केलले उच्च महत्व दिनुभएको कुराको प्रशंसा गर्नुभएको छ। गत सन् 2014 मा चीन र जर्मनी बीच चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध कायम भएयता दुवै देशको सम्बन्ध राम्रोसँग विकसित हुँदै आएको कुरा पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

प्रत्युत्तरमा चान्स्लर मर्केलले आफू लगातार रुपमा चान्स्लरमा नियुक्त भएपछि तुरुन्तै चीनको भ्रमण गर्ने अवसर पाएकोमा आफूलाई साह्रै खुसी लागेको भन्दै दुवै देश बीचको सांस्कृतिक र बौद्धिक आदान-प्रदानलाई बढाउँदै जान जर्मनी इच्छुक रहेको कुरा पनि बताउनुभएको छ।

जानकारी तथा लेखहरु