फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

(GMT+08:00) 2018-05-25 18:32:23
पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ। सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो।

पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाउनु भएको थियो। प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप पर्यटक भित्र्याउने यहाँका पर्यटन व्यवसायीले आशा लिएका छन्। यहाँ रहेका पर्यटकीय क्षेत्रलाई प्याराग्लाइडिङका माध्यमबाट नियाल्न सहज हुने बताइएको छ।

इलाममा अब यसैसम्बन्धी कम्पनी खोलेर काम अघि बढाइने वताइएको छ। यहाँ प्याराग्लाइडिङ उडेपछि पर्यटकीय नगर पोखरा र इलामबीचको सम्बन्ध अझ नजिक हुने अध्यक्ष राईको विश्वास छ।

जानकारी तथा लेखहरु