फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चक्रपथमा मोनोरेल सम्भाव्यता अध्ययन जिम्मा चिनियाँ कम्पनीलाई

(GMT+08:00) 2018-05-26 14:03:59

काठमाडौं र ललितपुरमा अवस्थित चक्रपथमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशनलाई जिम्मा दिइएको छ। हिजो शुक्रबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीका महाप्रवन्धक लि होङ्कीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेपछि काम चिनियाँ कम्पनीको जिम्मामा पुगेको नेपाल खबर अनलाइनले लेखेको छ। सो अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी हुनुहुन्थ्यो।

महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट शुक्रबार रेल वे कम्पनीसँग सम्झौता गरिएको हो।

यस सम्झौता अनुसार—रेल वे कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ। सम्झौता समारोहमा बोल्दै, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्‍याउनुभयो। मोनोरेल चलाउँछौं भनेकै एक वर्ष मात्रै भएको र यो अवधिमा काम अगाडि बढीसकेको भन्दै उहाँले भन्नुभयो, ' विधि मिलेपछि काम गर्ने बाटो खुल्छ। काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन,' हामी त्यही दिशामा लक्षित छौं।‚

कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीवाबु महर्जनले, आफू महानगरबासीलाई सरल जीवन यापन गर्ने सुविधाको, सुन्दर उपहार दिन लागि रहेको बताउनुभयो। अहिलेको चक्रपथमध्ये १० किलोमिटर खण्ड आफ्नो भूगोलमा रहेको जनाउँदै मेयर महर्जनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्न आफू तत्पर रहेको बताउनुभयो।

'मोनोरेल निर्माण, व्यवसथापन तथा सञ्चालन कार्यले काठमाडौंसँगै ललितपुर महानगरको समृद्धिसँग पनि उत्तिकै सम्बन्ध राख्छ' महानगरको सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख, महेश काफ्लेले भन्नुभयो, 'त्यसैले सम्भाव्यता अध्ययनबाट प्राप्त सूचना र प्रगतिका हरेक सवालमा ललितपुर महानगरसँग सहकार्य गरिनेछ।'

मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन तथा यसको दिगोपना अध्ययनका मूख्य आधार रहेका छन्। यो अध्ययन गर्दा नेपालको प्रचलित कानून र यसले गरेका व्यवस्थाका आधारमा गरिनेछ। सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौंको सहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रवन्धक होङ्कीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको जनाउनुभयो।

सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश हुनेछ।

जानकारी तथा लेखहरु