फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दुताबासद्वारा "चीनमा सुधार तथा खुलापन सुरु भएको चालीसौं वर्ष"शीर्षकमा गोष्ठी आयोजना

(GMT+08:00) 2018-05-27 18:09:12
हिजोआज न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दुताबासले "चीनमा सुधार तथा खुलापन सुरु भएको चालीसौं वर्ष"शीर्षकमा गोष्ठीको आयोजना गरेको छ। न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दूत चाङ छिय्वे,उप-महावाणिज्य दूत चाङ चेन तथा अमेरिकाको पूर्वी भागमा प्रवासी चिनियाँहरुका मुख्य जिम्मेवार व्यक्ति लगायत साठी जना भन्दा बढी व्यक्ति सो गोष्ठीमा सहभागी हुनुभयो।

चाङ छि य्वेले सन् २०१८ विशेष ऐतिहासिक अर्थ रहेको एउटा वर्ष हो भन्दै त्यो सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्न,तेह्रौं पञ्च वर्षिय योजनाको लागू गर्न तथा गरिबी निवारणका लागि एउटा निर्णायक वर्ष हुनुका साथै चीनका सुधार तथा खुलापन भएको चालीसौं वर्ष रहेको बताउनुभयो।

चीन-अमेरिका सम्बन्धबारे चर्चा गर्दै चाङ छि य्वेले चीन-अमेरिका सम्बन्धको विकास तथा चीनका सुधार तथा खुलापनसँगै साथमा हिँडेको बताउनुभयो। चीन र अमेरिका बीचको दौत्य सम्बन्धको स्थापना भएको करिब चालीस वर्षदेखि दुई मुलुक बीचको सम्बन्धको विकासले दुई मुलुकका जनतालाई वास्तविक हित ल्याउनुका साथै एशिया प्रशान्त क्षेत्र तथा विश्वका स्थिरता तथा समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्‍याएको उहाँले प्रकट गर्नुभयो। चीन र अमेरिका बीच केही मतभेद तथा समस्याको विद्यमान रहेतापनि दुवै पक्षले आफसी सम्मानको आधारमा वार्ता तथा छलफलमार्फत आपसी हित तथा संयुक्त विजय प्राप्त गर्नुपर्ने कुरा उहाँले पनि स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु