फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ओली सरकारको सय दिन

(GMT+08:00) 2018-05-28 18:07:37

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिने कार्यकाल पूरा गरेको अवसरमा आफ्ना सय दिनका उपलब्धि सार्वजनिक गरेको छ। जसमा संघीयता कार्यान्वनदेखि कानुन निर्माण अर्थतन्त्रमा सुधार, कृषि र सिंचाईको ऐन निर्माणका लागि मस्यौदा निर्माण प्रकृया, ऊर्जा वृद्धि, उद्योग श्रम तथा रोजगारमा लगानीको प्रतिवद्धता, पर्यटन विकास,पुर्वाधार विकास, पुननिर्माण यातायातलगायतलाई समेटिएको छ।

१५ शीर्षक र ८८ बुँदामा सरकारले आफ्ना कामलाई समेटेर सार्वजनिक गरेको उपलब्धिमा संघीयता कार्यन्वयनलाई प्रमुख उपलब्धि मानेको छ।

रातोपाटीडटकमका अनुसार, ओली नेतृत्वको सरकारले संघीयता कार्यन्वयन अन्तर्गत नेपाल सरकार कार्यविभाजन नियामावली संशोधन गर्दै ३१ वटा मन्त्रालय घटाएर २१ वटा कायम गरेको आफ्नो उपलब्धिमा राखेको छ। त्यस्तै कर्मचारी समायोजन नियामावली २०७४ स्वीकृत गरेको, प्रदेश सरकारका लागि १५ वटा नमुना कानुन तयार गरेको विषयलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकार सञ्चालन गर्न एकहजार ६ सय कर्मचारी खटाएको, प्रदेश सरकारका विभिन्न निकायका लागि ३ हजार २ सय २७ दरबन्दीसहितको संगठन संरचना स्वीकृतलाई आफ्नो उपलब्धिका रुपमा देखाएको छ।

सरकारले सय दिनको अवधिमा राष्ट्रिय शिक्षा चिकित्सा अध्यादेश २०७५ लगायत चारवटा अध्यादेश स्वीकृत गरेको छ। त्यसै गरी सरकारले अर्थतन्त्रलाई सहि मार्गमा डोर्याउन सुधारका कार्यक्रम अघि सार्दै श्वेत पत्र जारीदेखि आर्थिक बृद्धिदर ५.९ प्रतिशत पुर्याउने लक्ष्य र सार्वजनिक क्षेत्रमा अनुत्पादक खर्च कम गरी उत्पादन मुलक क्षेत्रमा खर्च गर्न मितव्ययिता र प्रभावकारिता कायम गर्न नीतिगत मार्गनिर्देशन जारी गरेको जनाएको छ। सरकारले सय दिनमा राष्ट्रिय गौरवका योजनामा श्रोत कमी हुन नदिन १५ अर्ब २४ करोड रुपैयाँ निकासा गरेको जनाएको छ।

अन्यको तुलनामा कृषि, बन र सिचाइतर्फ यो सरकारले अलि बढि काम गरेको देखाएको छ। जसमा कृषि क्षेत्रको विकासका लागि ५८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै भु–उपयोग ऐन,जग्गा नाँपजाँच ऐन, मालपोत ऐन संशोधनका लागि मस्यौदा तयार गरेको जनाएको छ ।

सरकारले उर्जा क्षेत्रमा नीजि क्षेत्रमा उतपादित साना आयोजनाका २८ मेगावाट साना उत्पादन राष्ट्रिय प्रसारण ग्रिडमा जोडेको २१२ मेगावाट क्षमताका ११ वटा आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र जारी गरेको, आगामी एक वर्षमा २५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य लिएको सरकारले आफ्नो उपलब्धिमा राखेको छ।

सय दिनमा सरकारले ९१ वटा ठुला उद्योग दर्ता गरेर ४६ अर्ब वैदेशिक लगानीसहित ९८ अर्ब बराबरको लगानी प्रतिवद्धता आएको जनाएको छ।

त्यस्तै, पुर्वाधारतर्फ सरकारले सय दिनमा एकसय ७६ किलोमिटर सडक कालोपत्रे, २९६ सडक ग्राभेल, २७८ किलोमिटर ट्रयाक खोलेको, काठमाडौ–बीरगञ्ज रेलमार्गका लागि भारतसँग सम्झौता गरेको लगायतलाई सरकारले सय दिनमा गरेको उपलब्धिमा राखेको छ। त्यस्तै सरकारले नयाँ बर्षका अवसरमा प्रधानमनत्रीले गरेको रारादेखि लुम्बिनीलगायतका भ्रमणलाई समेत सरकारले आफ्नो उपलब्धि भनेको छ।

जानकारी तथा लेखहरु