फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण

(GMT+08:00) 2018-05-28 18:08:03

नेपाल सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ। दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ। यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको अनलाइनखबरले लेखेको छ।

गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो। ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष नेपालीहरु काम गर्न कोरिया जाने गरेका छन्। साथै मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ स्वीकृत पनि गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन्।

जानकारी तथा लेखहरु