फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संघीय समाजवादी फोरम अब सरकारमा

(GMT+08:00) 2018-05-29 16:32:39

नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने भएको छ।

सोमबार भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ। त्यसै गरी ओली सरकारमा सहभागी हुने दोस्रो सहमति हो।

मन्त्रालयबारे छलफल भएपछि फोरम सरकारमा जाने बताइएको छ।

जानकारी तथा लेखहरु