फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआईकर्मी लक्ष्मी लम्सालको पुस्तक 'निहाउ! नमस्ते!' सार्वजनिक

(GMT+08:00) 2018-05-31 16:50:57

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाका रेडियोकर्मी तथा पत्रकार लक्ष्मी लम्साल 'लक्ष्मीपूजा' को 'निहाउ! नमस्ते!' नामक पुस्तक सार्वजनिक भएको छ। बुधबार ललितपुरमा आयोजित एक समारोहका बीच विभिन्न क्षेत्रका मिडियाकर्मीहरूले सामूहिकरूपमा सो पुस्तक सार्वजनिक गरेका हुन्। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित सो पुस्तकमाथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, अमृता लम्साल र युवा पत्रकार पवन आचार्यले समीक्षा गरेका थिए।

पुस्तकमा लेखकले आफ्नो चीन बसाइका क्रममा अनुभव गरेको चिनियाँ जीवन शैली, बदलिँदो चीनको विकास क्रम, नेपाल–चीन सम्बन्धको इतिहास र भविष्यमा सम्बन्ध विस्तारका आयामहरू बारे चर्चा गरेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु